इस्मामा अख्तियारको अन्तरक्रिया : सहि सूचना दिनेलाई पुरस्कृत र गलत सूचना दिनेलाइ दण्डित गर्न माग



Live Gulmi


सुमन महतारा, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा अख्तियार अनुसन्धान आयोगले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलले इस्मामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रममा उपस्थित रामराज्य माध्यामिक बिद्यालय व्यावस्थापन समिति अध्यक्ष चन्द्र महत र पालुखा माध्यामिक बिद्यालय व्यावस्थापन समिति अध्यक्ष टामलाल केसिले कसैलाई दुख्ख दिने नियत भए अख्तियारमा उजुरी हाले हुने बताएका छन् ।

Jeewan and Rajan Tailors

उनिहरुले सहि सूचना दिएर उजुरी हाल्नेलाइ पुरस्कृत र गलत सूचना दिएर दुख्ख दिने नियत राख्ने व्याक्तिलाइ दण्डित गर्नुपर्ने बताए । दुख्ख दिने नियतले मुद्दा हाल्नेकाे सङ्ख्या बढेको उनिहरुकाे गुनासो छ ।

The Star Family Restaurant

कार्यक्रममा अख्तियार बुटवल कार्यालयका उपसचिव ठाकुर प्रसाद आचार्य, इन्जिनियर टीकाबहादुर थापा लगायतले कार्यालयले गर्ने कार्य , उजुरीका प्रकृतिहरु र काम कारवाहीका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले अख्तियारमा मुद्दा दायर भएपछि अख्तियारले फिल्डमा आएर बुझेर मात्र कर्मचारीलाई तारिखमा बाेलाउँदा राम्रो हुने बताएका छन् । उनले कर्मचारीले पत्र लेखेर पठाउने र तारिख पनि लिनुपर्ने भएको प्रति कर्मचारी दुखित छन् । दुख्ख दिने नियतले हालिएका मुद्दाहरुले कर्मचारीलाई काम गर्न मनाेबल गिर्ने उनले बताए । अख्तियारले कर्मचारीलाई पटक पटक तारिखमा बाेलाउनुकाे साटाे मुदाहरु छिटो छिनोफानोमा लाग्न उनले आग्रह गरे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले अख्तियारले गरिरहेका काम सकारात्मक छन् तर स्थानीय तहमा कर्मचारी अभाव छ गाउँपालिकाकाे काम गर्नुपर्ने बिषय छदै छ त्यसैमा अख्तियारले पत्र पठाएको पठाइ गर्दा काम गर्न आफ्नो रफ्तार ब्रेक भएको बताएका छन् ।

आफूहरुले रिपोर्ट लेखेर अख्तियारमा बुझाइराख्न छुट्टै कर्मचारी राख्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गरे । उनले `हामीले गल्ती गरेको ठाउँमा दण्डित गर्नुस तर यसरी दुख्ख दिने नियतले हालिएको उजुरीलाई निरुत्साहित पार्नुस ´ उनले आग्रह गरे ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया