टोपलाल अर्याल, गुल्मी । अखिल नेपाल महिला संघ रेसुङ्गाकाे दाेस्राे नगर सम्मेलन तम्घासमा सम्पन्न भएको छ । दोस्रो सम्मेलनले अध्यक्षमा रीता बराल पाण्डे, उपाध्यक्षमा राधिका पाण्डे, सचिवमा गंगा टण्डन, सह-सचिवमा शान्ता विश्वकर्मा र काेषाध्यक्ष पुर्णिमा पाध्याय विश्वकर्मा सहित ३३ सदस्यीय कमिटी निर्वाचित गरेको नेकपा एमाले रेसुङा नगरकमिटी अध्यक्ष हरि प्रसाद पोख्रेलले जानकारी दिए ।
सम्मेलनमा प्रमुख अतिथि नेकपा एमाले पाेलिटव्यूराे सदस्य एवं गुल्मी ईञ्चार्ज कमरेड सूर्य थापा प्रदेश सदस्य कृष्ण सुनार,ललिता गाैतम लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।