बासुदेव पोखरेल, गुल्मी । धुर्कोट गाउपालिका -२ पिपलधारामा गठित पिपलधारा कृषि तथा पशु बिकास महिला बहुउद्देश्यीय सहकारी सस्थले पिपलधाराका सुन्तलालाई बजारीकरण गरिरहेको छ ।
धुर्कोट गाउपालिका र हेफर प्रोजेन्ट नेपाल को साझेदारीमा जनबिकास केन्द्र द्वारा संचालित धुर्कोट कृषि तथा पशु उद्यमशीलता परियोजना बजारिकरण सुरु गरेको हो । उक्त परियोजनाले किशानहरुले उत्पादन गरेको सुन्तला सहित कुनै पनि कृषि उपजलाइ आबस्यक बजार खोजी बजारीकरण गर्न सुरुवात गरे बिचौलिया बाट किशान ठगिने कुराबाट बच्ने अपेक्षा गरिएको छ ।
बिचौलिया बाट किशान ठगिएको गुनासो आए पछि स्थानीय ब्यापारी, किसान र सहकारी मिलि सुन्तला बजारीकरण गरेको ब्यबस्थापक माया थापाले बताईन ।
केही दिन यता त्यहाँका सुन्तला बुटवल,नारायणघाट ,नवलपुर, काठमाडौ निरन्तर बजारीकरण भैरहेको र हाल सम्म ६ वटा गाडिमा ९ हजार ६६० किलो सुन्तला निर्यात भएको उनले बताईन जसबाट ४ लाख ७८ हजार आम्दानी भएको उनको भनाई छ ।