साथी ( गजल)



Live Gulmi


अजकल सानो कुरामा पनि मेरो मन दुख्छ साथी ।
मेरो जिन्दगी यस्तै भयो त सफल भए पुग्छ साथी ।।

मेरो अनुहार हेरेर मलाई मुल्यांकन नगर्नु यार तैले।
मेरो मिठो मुस्कान भित्र गहिरो पिडा लुक्छ साथी ।।

कतै मलाई देखिस भने नदेखे झैं हिड्दा हुन्छ ..त।
यहाँ म हिडेकाे देख्दा भुसिया कुकुर भुक्छ साथी ।।

बाच्ने हिम्मत त्यागेर मैले आत्मा हत्या गरू भने पनि।
मेरा बा_आमाले मलाई गरेको विश्वास चुक्छ साथी ।।

( Jeevan rajan

पलपल मरेर बाच्नुकाे पिडा कसरी भनु यार तलाई ।
म चितामा चडेमात्र यी आँखामा आँसु सुक्छ साथी ।।

हड्बडाउने छन सबै अचम्म पर्लान मेरो लास देख्दा।
मलाई थाहा छ एकपटक सबैको शिर झुक्छ साथी ।।

 

✍️सम्झना गिरी

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया