गुल्मेलीलाई पहिलोपटक दुर्घटनाको दु:ख सुनाउँदै नेता भण्डारी



Live Gulmi


टोपलाल अर्याल, गुल्मी । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डाक्टर चन्द्र भण्डारीले आफू दुर्घटना परेको घटना पहिलोपटक जिल्लाबासीलाई सुनाएर स्तब्ध बनाएका छन् । उनले आफूलाई पुनर्जीवन दिने सबैलाई पबित्र रेसुङ्गा तपोभुमीको आशीर्वाद प्राप्त होस् भन्दा उपस्थिति कार्यकर्ताको गह भरिएको थियो ।

दोस्रो जिल्ला सम्मेलनको सन्दर्भमा गुल्मी आएका गुल्मी क्षेत्र न १ का साम्सद समेत रहेका नेता भण्डारीले काठमाडौको घटनादेखि भारतको उपचारसम्मको बारेमा बोल्दै बाचेर मातृभुमीको स्टेजमा उभिन पाउँदा खुशी ब्यक्त गरे । सम्पूर्ण नेपालीको सद्भाव र कामनाको कारण ठुलो दुर्घटनाबाट फेरि भ्रष्टाचार र बिपन्नका आवाज बोल्न फर्किन सकेको भण्डारीले बताएका थिए ।

Jeewan and Rajan Tailors

आफू उत्साहपुर्ण मतका साथ बिजयी भएर गएपछि दुर्घटनाले लामो समय उपचारमा रहन परेको र स्वास्थ ठिक हुँदै गएकाले अब जिल्लाको बिकास निर्माणको काममा खटिने प्रतिवद्द्ता भण्डारीले ब्यक्त गरे ।

https://fb.watch/oxILJYesPA/?mibextid=Nif5oz

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया