गुल्मी । काठमाडौं हुन लागेको राजावादी मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमाले निकट युवा संघले गर्न लागेको कार्यक्रममा गुल्मीबाट दुई समूह काठमाडौं प्रवेश गरेका छन् । बिहीबार हुन लागेको प्रदर्शनमा दुवै समूहमा सहभागी हुन छुट्टाछुट्टै दुई समूह बुधबार काठमाडौंतर्फ लागेका हुन् ।
गुल्मी जिल्लाबाट मेडिकल व्यवसायी दुर्गा प्रसाइको कार्यक्रममा सहभागी हुन मंसिर ४ गतेनै लगुबित्तिय सङ्घर्ष समितिका जिल्ला सचिव पिटर कामिको नेतृत्वमा ३० जनाको समुह काठमाडौ पुगीसकेको छ ।
नेकपा एमाले निकट युवा संघको तर्फवाट युवा संघ जिल्ला कार्यसमिती अध्यक्ष सुरेश भण्डारीको नेतृत्वमा बुधबार २५ जनाको समुह काठमाडौ हिडेको छ ।