न्वागी मेलाको तयारी हुँदै



Live Gulmi


गुल्मी । पौँदीबासीहरुको महान पर्व न्वागी पर्वको अवसरमा आयोजना हुने न्वागी मेला मसिंर ३ गतेदेखि सुरु हुने भएको छ। यसको पुर्ब सन्ध्यामा बागलुङको खार बजारमा प्रत्रकार सम्मेलन सम्पन्न भएको हो ।

बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका र गुल्मी जिल्लाको मुसिकोट नगरपालिका क्षेत्रमा पर्ने पौंदी क्षेत्रका स्थानीयले न्वागी पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ ।

Jeewan and Rajan Tailors

घरमा नयाँ अन्न भित्र्याएको खुसीयालीमा न्वागी खाने प्रचलन रहेको छ । न्वागी पर्वलाई अझै उल्लासमय बनाउन पौँदी न्वागी मेला तथा संस्कृती संरक्षण समितिले प्रत्येक वर्ष साँस्कृतिक, खेलकुद र अन्य मनोरञ्जनात्मक कार्यक्रम सहित न्वागी मेला आयोजना गर्दै आईरहेको छ ।
यसवर्ष पनि यही मसिंर ३ गतेदेखि ८ गतेसम्म न्वागी मेला आयोजना गरिएको समितिका अध्यक्ष गुणानिधि घिमिरेले जानकारी दिनुभयो । मेलाको अवसरमा १ लाख १५ हजार राशि पुरस्कारको पुरुष भलिबल प्रतियोगीतासगैं, रेकर्ड डान्स, लाखे नाँच, नौमती बाजा, समुहगत रेकर्ड डान्स,सोरठी भैलो, पुरुष छेलो,कुर्ची दौड, भाले छोपाईँ, जनप्रतिनिधि र कर्मचारी तथा शिक्षकहरुबीचको मैत्रीपूणर् भलिबल लगायत राष्ट्रिय कलाकारहरुको सागींतिक प्रस्तुती सहित विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको अध्यक्ष शर्माले बताउनुभयो ।

The Star Family Restaurant

कला सस्कृतिलाई बचाउन पौदी न्वागी मेला आयोजना गरिएको पौँदी न्वागी मेला तथा संस्कृती संरक्षण समिति सचिव बिष्णु प्रसाद आचार्यले बताउनुभयो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया