चार वर्षीया बालिका बलात्कार आरोपमा गुल्मीका रामबहादुर घर्ती पक्राउ



Live Gulmi


गुल्मी । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ७ डाँडाखर्कस्थित खरबारीमा चार वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर १० सिखेधाराका २५ वर्षीय रामबहादुर घर्ती थापाले २२ गते फकाएर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

उजुरीको आधारमा बिहीबार प्रहरीले गुल्मी र अर्घाखाँचीको सीमाना डाँडाखर्कबाट पक्राउ गरेको प्रहरी निरक्षक विक्रम रिजालले बताए । पक्राउपछि उनलाई अर्घाखाँची जिल्ला अदालतमा ९ दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको छ । खरबारीमा बालिकालाई फकाएर थापाले जबरजस्ती करणी गरेका थिए ।

Jeewan and Rajan Tailors

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया