गुल्मीमा भुस्याहा कुकुरले टोक्दा १७ जना घाइते



Live Gulmi


गुल्मी । गुल्मीमा भुस्याहा कुकुरले टाेक्दा १७ जना घाइते भएका छन् । जिल्लाकाे रुरुक्षेत्र गाउँपालिका र छत्रकाेट गाउँपालिकामा बुधबार र बिहीबार कुकुरले टाेक्दा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

घाइतेकाे स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरि मिसन अस्पताल पाल्पामा थप उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ । कुकुरले अधिकांशकाे खुट्टामा टाेकेर घाइते बनाएको छ ।

Jeewan and Rajan Tailors

कुकुरले टाेकेर घाइते मध्ये १३ वर्षीय किशोरदेखि ७५ वर्षीया महिलासम्म रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले भुस्याहा कुकुरदेखि सावधान रहन आग्रह गरेको छ ।

The Star Family Restaurant

प्रहरीले स्थानीयसँगकाे सहजीकरणमा टाेक्दै हिड्ने भुस्याहा कुुकुरलाई नियन्त्रणमा लिएको छ । केही समय अगाडि गुल्मीको सदरमुकाम तम्घासमा पनि भुस्याहा कुकुरले टाेकेर थुप्रैलाई घाइते बनाएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया