गुल्मी महोत्सवमा २४ गते इन्द्रेणी समूह आउँदै



Live Gulmi


गुल्मी । गुल्मीको उपल्लो तम्घासमा भइरहेको ऐतिहासिक प्रथम गुल्मी महोत्सवमा इन्द्रेणी समूह आउँदैछ । गत १५ गतेबाट सुरु भएको महोत्सवमा २४ गते कृष्ण कँडेलको नेतृत्वमा इन्द्रेणी समूह आउन लागेको उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले जानकारी दिए ।

गुल्मी उद्योग संघले कार्तिक १५ देखि २५ गतेसम्म गुल्मीमा आयोजना गरेको महोत्सव संचालन भइरहेको छ । उक्त महोत्सवको १५ गते रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले उद्घाटन गरेेका थिए ।

Jeewan and Rajan Tailors

महोत्सवले जाउँ हिड रेसुङ्गा अभियानलाई साथ दिँदै पर्यटन प्रबर्द्धनमा टेवा पुराउने उद्देश्य लिएकाे छ । महोत्सवमा तीन सय २० वटा स्टल रहेका छन् ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया