निजामती कर्मचारी युनियन गुल्मीद्रारा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न



Live Gulmi


सुमन महतारा गुल्मी । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति गुल्मीले चियापान तथा विजय दशमी ,तिहार र छठपर्व २०८० काे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । युनियनले शुक्रबार सदरमुकाम तम्घासमा कार्यक्रम सञ्चालन गरेको युनियनका सचिव डिवि थापाले जानकारी दिएका छन् ।

चियापान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय गुल्मीका साहेक सिडियाे हरिप्रसाद गैरेले यी पर्वलाइ अन्य पर्व जस्तो तडक भडक र फजुल खर्च नगरि मनाउन आग्रह गरे । नागरिकलाई मुस्कान सहितकाे सेवा दिने काममा तल्लिन हुन र कर्मचारीले समाजका हरेक कार्य र सकारात्मक विकासका निम्ति लाग्नुपर्ने उनले बताएका थिए ।

Jeewan and Rajan Tailors

त्यस्तै कार्यक्रमका अध्यक्ष कर्मचारि युनियन गुल्मीका अध्यक्ष मेघालाल पाण्डेले आफू सुरक्षित भै खानपिन र हरेक कुरामा बिशेश ख्याल गरेर यी पर्वहरु मनाउन आग्रह गरे । उनले खर्चलाइ आवस्यक्ता भन्दा बाहिर गएर फजुल तरिकाले नगर्न समेत आग्रह गरेका छन् ।
कार्यक्रममा निजामती कर्मचारी युनियनमा आबद्द कर्मचारीकाे बाक्लो उपस्थित रहेकाे थियो ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया