गुल्मी । गुल्मीको तम्घास खाम्सेपानी सडक करिव एक दशक पछि पुनः पिच हुन सुरु भएको छ ।
“तम्घास जिपपार्क-खाम्सेपानी-नयाँगाउँ-नादी-हाडहाडे हुँदै पुर्कोटदह” सडक अन्तरगतको “तम्घास खाम्सेपानी” सडक खण्ड करिव १० बर्ष सम्म राेकिएकाे र अहिले धमाधम काम सुरु भएको छ । अहिलेसम्म काम गर्नका लागि याे सडक ७ पटक सम्म म्याद थप गरिएको थियो ।
सडकको २०७१ साल असार ३१ गते साम्झौता भई २०७२ साल चैत्र ३० गते सम्पन्न गर्ने गरी लोहोनी एण्ड ब्रर्दश प्रालि चितवनले सम्झौता गरेको थियो । तर निर्माण व्यवसायिले समयमै काम गर्न नसक्दा त्यसक्षेत्रमा अहिलेसम्म बाटो पिच हुन सकेको थिएन ।
याे क्षेत्र रेसुङ्गा नगरपालिका भित्र पर्दछ । याे बाटो पिच गर्न निर्माण व्यावसायिलाई पटक पटक अनुरोध र सडक विभागमै यश सडकको बिषयलाई छिटो सल्टाउँन रेसुङ्गा नगरपालिका मेयर पन्थीले पटक पटक धाउने काम गरे ।
निर्माणकाे जिम्मा लिएको लाेहाेनी एण्ड ब्रर्दशलाइ पटक पटक अनुरोध र काम गर्न सुझाव दिएपछि साेहि काम सुरु भएको हाे । ४,५ दिनमा पिच सकिने रेसुङ्गा नगरपालिका मेयर खिलध्वज पन्थीले बताए । उनले अब काम नसकि जाने छुट नभएको र गुणस्तरीय काम गर्न आग्रह गरेको बताए । निर्माण व्यावसायिले निर्माणकाे जिम्मेवार लिएपछि समयमै काम सक्न समेत उनले आग्रह गरे । गुणस्तरीय काम भएको छ छैन समेत अवलोकन गर्न सबै नागरिकलाई पन्थीले आग्रह गरेका छन् ।