गुल्मीमा जन्मदिनको अवसरमा विद्यालयलाई दराज उपहार



Live Gulmi


गुल्मी । गुल्मीमा एक युवाले जन्मदिनको अवसरमा विद्यालयलाई दराज उपहार दिएका छन् । जिल्लाकाे मदाने गाउँपालिका वडा नम्बर ३ सिर्सेनीका सन्त कुमार जिसीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई दराज उपहार प्रदान गरेका हुन् ।

हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका जिसीले कात्तिक १४ गते अर्थात् आज परेको आफ्नो २६ औं जन्म दिनको अवसरमा मालिका गाउँपालिका वडा नम्बर ८ स्थित थानपती निम्न माध्यमिक विद्यालयलाई दराज उपहार प्रदान गरेका हुन् ।

Jeewan and Rajan Tailors

जन्मदिनको नाममा गरिने फजुल खर्चलाई कटौती गरि जिसीले उदाहरणीय काम गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिबी खड्काले बताए । प्रदेशमा रहेर पनि जन्म दिनको अवसरमा विद्यालयलाई उपहार प्रदान गरेकोमा विद्यालय परिवार खुसी भएको शिक्षक राजु पौडेलले बताए ।

The Star Family Restaurant

पछिल्लो समय जन्म दिन लगायत विभिन्न उत्सवको नाउँमा फजुल खर्च गर्ने चलन बढिरहेको समयमा जिसीले जन्म दिनको खर्च सामाजिक क्षेत्रमा खर्चिएका हुन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया