पाल्पामा जिप दुर्घटना,६ जनाको मृत्यु,मृतकको परिचय खुल्यो



Live Gulmi


पाल्पा । पाल्पाको रानीमहल दरबार नजिकै भएको जीप दुर्घटनामा ज्यान गुमाएका छ जनाकै परिचय खुलेको छ ।

दुर्घटनामा पूर्वी नवलपरासीकाे देवचुली नगरपालिका–१६ की ५५ वर्षीया पार्वती लोहनी, ६५ वर्षीय कृष्ण लोहनी, ११ वर्षीय सविस लोहनी, साढे २ वर्षका इशव लोहनी, ३५ वर्षीया सविना धिताल र लमजुङकाे बेसीसहर नगरपालिका–२ की ५५ वर्षीया चुना धितालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Jeewan and Rajan Tailors

दुर्घटनामा घाइते भएका चालक ३६ वर्षीय ईश्वर लोहनीको तानसेनमा रहेकाे युनाइट मिशन अस्पतालमा उपचार भइरहेको छ । पर्यटकीय स्थल रानीमहल दरबार पुगेर फर्किएको बाग्मती प्रदेशको ०१—०२६ च — ७२०९ नम्बरको जीप आज आइतवार बैकुण्ठे भीरबाट खोलामा खसेको हो ।

The Star Family Restaurant

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया