मुसिकोटमा दोस्रो वडाध्यक्ष कप आजदेखी सुरु



Live Gulmi


काैरव खत्री, गुल्मी । गुल्मीको मुसिकाेट नगरपालिका वडा न.२ मा दोस्रो वडाध्यक्ष कप भलिबल तथा खुल्ला रेकर्ड डान्स प्रतियोगिता आजदेखी सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेल ” भन्ने मुल नारा सहित आजदेखी सुरु भएको हो ।

पहिलो दिनकाे भलिबल खेलकाे उद्घाटन मुसिकाेट नगरपालिका वडा न २ का वडाध्यक्ष रविन्द्र केसीले गरेका थिए । भलिबल प्रतियोगिता साथै खुल्ला रेकर्ड डान्स प्रतियोगिता रहेकाे कार्यक्रम शुक्रबारसम्म सञ्चालन हुने आयाेजकले जनाएकाे छ।

Jeewan and Rajan Tailors

१५ समुहकाे सहभागीता रहेकाे भलिबल खेलकाे पहिलो दिन अन्तर्गत पहिलो चरणका ६ समुह बीच भलिबल खेल प्रतियोगिता भएकाे थियो ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया