इस्मा गाउँपालिकामा बजार अनुगमन :किरान पसलमै औंषधि र इलेक्ट्रोनिक सामाग्री भेटिए



Live Gulmi


सुमन महतारा गुल्मी : गुल्मीकाे इस्मा गाउँपालिकामा चाडपर्व लक्ष्क्षीत बजार अनुगमन सुरु भएको छ । गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरकाे नेतृत्वमा हिजाे देखि बजार अनुगमन सुरु गरिएको हाे ।
अनुगमनमा अत्याधिक रुपमा म्याद गुज्रिएका र केही पसलहरुमा औंषधि देखि इलेक्ट्रोनिक समेतका सामाग्री भेटिएका छन् । किराना पसल दर्ता गरि औषधि इलेक्ट्रोनिक समेत राखिएका पसलहरु समेत भेटिएका छन् ।
गाउँपालिकाकाे वडा नम्बर ५ रहेकाे मदन सिमा स्टाेर्समा विभिन्न बिक्रीवितरणका लागि औषधि र इलेक्ट्रोनिक सामाग्री राखिएको गाउँपालिका अनुगमन समितिका सदस्य जयपाल विकले बताए । उनले बजार अनुगमनमा अत्यधिक मात्रमा म्याद गुज्रिएको कुनै पसलमा मूल्य शुचि नै नराखेकाे ,साइनबोर्ड नराखिएको लगाएत समस्या देखिएको उनले बताएका छन ।
उनले म्याद गुज्रिएका सामाग्रीहरु जफत समेत गरेको बताएका छन् ।
गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले नागरिकको स्वास्थलाई मध्यनजर गरि गाउँपालिका भरि अनुगमन गर्दै छाैं । अनुगमन गर्न आउने कर्मचारी जनप्रतिनिधि सुरक्षाकर्मि लगाएत साथीहरूलाई सहयोग गरिदिन आग्रह गरे । उनले उपभोक्ताले सामाग्री किन्दा पहिलो प्राथमिकतामा म्याद हेरेर सामाग्री खरिद गर्न आग्रह गरेका छन ।
त्यस्तै अनुगमन समिति संयाेजक समेत रहेकि उपाध्यक्ष अधिवक्ता पार्वति कुवरले बजार अनुगमन औपचारिकताको लागि मात्रै नगरिएको बताइन उनले यसबाट नागरिकलाई फाइदा होस् सहयोग होस र सुपथ मुल्यमा गुणस्तरीय सामग्री सहजै उपलब्ध होस भन्ने हेतुले अनुगमन थालिएको बताइन् । `हामीले पालिका भर नै यो अभियान सुचारु गरेका छौ विशेषगरी व्यापारीहरुले सचेत भै नियमभित्र रहि व्यापार गर्न अनुरोध छ ´ उनले भनिन् ।

गाउँपालिका उपाध्यक्ष समिति संयाेजक रहेको अनुगमन समितिमा गाउँपालिका कर्मचारी ,इस्मा प्रहरी प्रमुख ,पत्रकार र नगर प्रहरीको सहभागीतामा अनुगमन सञ्चालन गरिएको हाे ।

Jeewan and Rajan Tailors

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया