गुल्मीको पहिचानका लागि ऐतिहासिक प्रथम महोत्सव हुँदै



सन्तोष महतारा


गुल्मी । गुल्मीको समग्र पहिचानका लागि यसपटक उपल्लो तम्घासमा महोत्सव हुँदैछ । जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ९ तम्घासस्थान मन्दिर नजिकै गुल्मी उद्योग संघले महोत्सवको आयोजना गर्न लागेको शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।

दशै र तिहारको बीचमा बिदामा गुल्मी आउनेहरूको लागि मौका पारेर गुल्मी चिनाउनका कार्तिक १५ गतेदेखि २५ गतेसम्म गुल्मीको ऐतिहासिक प्रथम महोत्सव संचालन हुन लागेको उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले जानकारी दिए ।

Jeewan and Rajan Tailors

रेसुंगा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कृष्णप्रसाद पाण्डेले तम्घासस्थान मन्दिरबाटै तम्घासको नाम रहेकोले र मन्दिरमा सफल दाम्पत्य जीवनको लागि भाकल चढाउने भएकोले यो महोत्सव निकै महत्त्वपूर्ण रहेको उनले बताए । उनले दशै र तिहारको बीचमा गुल्मी आउनेहरूको लागि अवसर पारेर समग्र गुल्मेली र अर्घाखाँचीबाट दर्शक भित्र्याउने गरी महोत्सवमा सहजीकरण हुने बताएका छन् ।

The Star Family Restaurant

आर्थिक चलायमानकाे लागि आफूहरूले महोत्सव गर्न लागेको संघका अध्यक्ष नवराज भुसालले बताए । उनले आर्थिक प्रतिकूलता हुँदाहुँदै पनि गुल्मीको पहिचानका लागि आफूहरूले गुल्मीको ऐतिहासिक प्रथम महोत्सव आयोजना गरेको बताएका छन् । ‘मेलापर्वको रौनकमा थप रौनकता थप्न महोत्सव राखिकाे हो’ संघका अध्यक्ष भुसालले भने, “महोत्सवबाट पर्यटन प्रवर्द्धन, तम्घासस्थान मन्दिरको प्रचारप्रसार र जाउँ हिड् रेसुंगासँगै समग्र गुल्मीको पहिचान हुनेछ ।”

संघले अध्यक्ष नवराज भुसालको संयोजकत्वमा मूल समारोह समिति गठन गरेर तयारी तिव्र पारेको छ । संघले महोत्सव व्यवस्थापनका लागि विभिन्न समितिहरु गठन गरेर तयारी गरिरहेको छ । ११ दिनसम्म चल्ने गुल्मीको ऐतिहासिक प्रथम महोत्सवमा एक लाख दर्शक भित्र्याउने र ६० करोड बराबरको कारोबार गर्ने अपेक्षा गरिएको संघले जनाएको छ ।

महोत्सवमा कृषि र पशुपालनलाई प्राथमिकता, पर्यटन प्रवर्द्धनका जोड, राष्ट्रिय कलाकारबाट साँस्कृतिक कार्यक्रम, स्थानीय संस्कृति प्रदर्शन, तम्घासस्थान मन्दिरलाई चिनाउने, विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप, गुल्मीको आर्थिक अवस्थालाई चलायमान गराउने र स्थानीय स्तरका सबै प्रकारका पहिचानलाई चिनाउने गरि महोत्सव संचालन गर्ने गुल्मी उद्योग संघले जनाएको छ ।

गुल्मीको सदरमुकाम तम्घासको नाम रहन गएको तम्घासस्थान मन्दिर नजिकै पर्यटकीय तथा धार्मिक स्थल अर्जुन डाँडाको काखमा हुने उक्त महोत्सवलाई निकै महत्त्वपूर्ण मानिएको छ । पत्रकार सम्मेलनको सहजीकरण गुल्मी उद्योग संघका महासचिव सुदर्शन खनालले गरेका थिए ।

पत्रकार सम्मेलन

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया