गुल्मी । पुल्चोक कप २०८० को तेस्रो दिनको सेमिफाइनलको पहिलो खेलमा महेन्द्र नमुना माध्यमिक बिधालय फाइनलमा पुगेको छ।
अर्जुन आवासीय माध्यमिक बिधालयलाई पेनाल्टी सुट आउटमा ६-५ गोलले पराजित गर्दै फाइनलको लागि आफ्नो सिट सुरक्षा गरेको हो।
अब लगत्तै सेमिफाइनलको दोस्रो खेलमा सिद्धबाबा माध्यमिक बिधालय र रिडर्स पब्लिक हाइ स्कुल बिच प्रतिस्पर्धा हुँदै छ। यी दुई बिधालय मध्य जित्नेले महेन्द्र नमुना माध्यमिक बिधालय सङ्ग फाइनल खेल्ने छ।
सिद्धबाबा माध्यमिक बिधालयले यस अगाडि सबै पुल्चोक कपको उपाधी जितिसकेको छ ।त्यसकारण सिद्दबाबालाइ अहिले पनि बलियो दाबेदारको रुपमा हेरिएको छ। फाइनल खेल भोलि सन्चालन हुँदै छ।