गुल्मीमा असाेज १० देखि १३ गतेसम्म पुल्चोक कप संचालन हुँदै



सन्तोष महतारा


गुल्मी । गुल्मीमा यही असाेज १० देखि १३ गतेसम्म पुल्चोक कप संचालन हुँदैछ । पुल्चाेक स्पाेर्टस क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै आफूले पुल्चाेक कप-२०८० संचालन गर्न लागेको जानकारी दिएको हो ।

क्लबले गुल्मी जिल्लास्थित विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता आयोजना गरेको क्लबका उपाध्यक्ष सन्तोष न्याैानेले जानकारी दिए । प्रतियोगितामा कक्षा १० सम्ममा छात्रा सहभागी हुन पाउनेछन् ।

Jeewan and Rajan Tailors

साथै क्लबले शिल्ड अनावरण पनि गरेको छ । रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले चाैथाे पुल्चोक कप-२०८० काे शिल्ड अनावरण गरेकी हुन् ।

The Star Family Restaurant

क्लबले पाँचौ वार्षिकोत्सबकाे अवसरमा पुल्चोक कप आयोजना गर्दैछ । खेलमा ११ समूह सहभागी हुनेछन् । खेल चार दिनसम्म लगातार चल्नेछ । पुल्चोक कप २०८० जित्नेले ३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै उपविजेताले २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका महासचिव प्रकाश मरासिनीले जानकारी दिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया