इस्मामा गाउँपालिका स्तरीय तीजगीत प्रतियोगिता हुने



Live Gulmi


सुमन महतारा, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा गाउँपालिका स्तरीय खुल्ला तिज गीत प्रतियोगिता हुने भएको छ । हिन्दु नारीहरुको महान पर्व तिजको अवसर पारेर भाद्र २९ गते शुक्रबारको दिन गाउँपालिका स्तरिय खुल्ला तिज गीत प्रतियोगिताको आयोजना गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार महिलाहरुको महान पर्व हरितालिका तिज–२०८० को अवसरमा कार्यक्रमको आयोजा गरिएको हो । भाद्र २९ गते शुक्रबार इस्मा गाउँपालिका वडा नम्बर पाँचमा रहेको आनन्दपुर मा.वि.को प्राङ्गणमा विहान ११ बजेदेखि कार्यक्रम सुरु हुने छ ।
गाउँपालिका स्तरीय तिज गीत प्रतियोगितामा सहभागी हुने सहभागी टिमले गीत तथा नृत्य मौलिक तथा सांस्कृतिक परम्परा झल्किने खालको हुनुपर्ने गाउँपालिकाले बताएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाइ २०००० र प्रमाणपत्र दोस्रो हुनेलाइ १०००० र प्रमाणपत्र , तेस्रो हुनेलाइ रु.५००० र प्रमाणपत्र र सान्त्वना हुनेलाइ रु. ३००० र प्रमाणपत्र साथै उत्कृष्ट नृत्य प्रस्तुत गर्नेलाई २००० र प्रमाणपत्र प्रदान गरिने गाउँपालिका उपाध्यक्ष अधिवक्ता प्रवक्ता पार्वती कुवँरले बताइन ।

Jeewan and Rajan Tailors

गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले पुरानो संस्कार ,संस्कृति ,रिति रिवाज र परम्परालाई स्मरण गर्न र निरन्तरताका लागि हराउँदै गएका यी चाडपर्वकाे जगेर्ना गर्न गाउँपालिकाले पालिका स्तरीय खुल्ला तिजगित प्रतियोगिताकाे आयोजना गरिएको बताए ।

The Star Family Restaurant

सहभागी हुन प्रतेक वडामा सञ्चालन भएको वडा स्तरीय तिज गीत प्रतियोगितामा प्रथम भएको टिम मात्र सहभागी हुन पाउँने छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया