गुल्मीमा भुस्याहा कुकुरले १२ जना टोक्यो : कुकुर नियन्त्रणमा



Live Gulmi


गुल्मी । गुल्मीमा एउटै भुस्याहा कुकुरले आइतबार दिउँसो १२ जनालाई टोकेको छ । गुल्मीको तम्घासमा लगातार १२ जनालाई कुकरले टोकेको रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रुमाखर मरासिनीले जानकारी दिए ।

उनका अनुसार, बजारमा टोक्दै हिड्ने कुकुरलाई रेसुङ्गा नगरपालिकाले नियन्त्रणमा लिएर भेटेरिनरी अस्पताल तथा सेवा बिज्ञ केन्द्र गुल्मीमा बुझाइएको छ । कुकुरले टोकेर घाइते भएकाहरुको गुल्मी अस्पतालमा उपचार गराइएको थियो । लाहुरे नाम गरेको भुस्याहा कुकुरले आइतबार दिनभर तम्घासमा आतंक मच्चाएको थियो । साँझ मात्र कुकुरलाई नियन्त्रणमा लिन सकिएको हो ।

Jeewan and Rajan Tailors

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया