लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको प्रतिष्ठान गुल्मीकाे १८ औं साधारणसभा सम्पन्न



Live Gulmi


अनिल खत्री, गुल्मी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी शाखाको १८ औं साधारणसभा सम्पन्न भएको छ । बुधवार जिल्ला सदरमुकाम तम्घासमा बिबिध साँस्कृतिक कार्यक्रम सहित साधारणसभा गरिएको हो ।

सधारणसभामा सचिव गणेश अधिकारीले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष लोकेन्द्र कुँवरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन सभाका सदस्यहरुले पारित गरेका छन् ।

सधारणसधामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश सचिव योगराज पोखरेल, प्रतिष्ठान गुल्मीका सल्लाहकार जनार्दन घिमिरे, पूर्वअध्यक्षहरु खुम खत्री जनक पन्थ, पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल लगायतले शुभकामना मनतव्य राखेका थिए । प्रतिष्ठान गुल्मीका अध्यक्ष शिलु भट्टराईको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष मोहन वस्नेतको स्वागत मनतव्य रहेको थियो ।

साधारण सभाको अवसरमा छत्रकोट गाउँपालिकाको चोएगामा साँस्कृतिक कार्यक्रम समेत राखिएको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया