गुल्मीको रेसुङ्‍गा विमानस्थल दुई महिनादेखि उडानविहीन



Live Gulmi


गुल्मी । गत वैशाख अन्तिम सातादेखि व्यावसायिक उडान सुरु गरेको गुल्मी जिल्लाको रेसुङ्‍गा विमानस्थलमा २ महिनायता उडान अवरुद्ध भएको छ । साताको २ दिन बुधबार र शुक्रबार उडान तालिका राखेको नेपाल एयरलाइन्सले प्रतिकूल मौसमका कारण उडान हुन सकेको छैन् ।

जेठको अन्तिम सातापछि मौसम खराबको कारण उडान हुन सकेको छैन् । पछिल्लो पटक गत ६ असार बुधबार काठमाडौंबाट रेसुङ्‍गा विमास्थलका लागि छुटेको जहाज मौसम खराबको कारण बिच बाटोबाटै काठमाडौं फर्किएको थियो । त्यसपछि रेसुङ्‍गा विमानस्थलबाट उडान हुन सकेको छैन् ।

Jeewan and Rajan Tailors

रेसुङ्‍गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान गर्दछ । रेसुङ्‍गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान गर्ने समय तालिका रहेको छ ।

The Star Family Restaurant

तर, उडान गर्ने बिहान समयमा विमानस्थलमा बादल लाग्ने गर्नाले उडान गर्न समस्या हुँदै आएको रेसुङ्‍गा विमानस्थलका वरिष्ठ अधिकृत तथा एयर ट्राफिक कन्टोलर अस्मिता बस्नेतले बताइन् । भदौ महिनामा पनि नियमित वर्षात भइरहेकाले मौसम उडान गर्न समस्या हुँदै आएको उनको भनाइ छ । अनिल खत्री, अनलाइन खबर

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया