साप्ताहिक दुई उडान गर्न नेपाल एयरलाइन्सलाई आग्रह गरेका छाैं : मेयर पन्थी



Live Gulmi


गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको एक दिन उडान गरेको नेपाल एयरलाइन्सलाइ अबदेखि हप्ताको दुई दिन उडान गर्न आग्रह गरेको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताएका छन् ।

क्यानले बैशाख २६ गते एउटा सुचनाकाे माध्यामबाट नेपाल एयरलाइन्सलाई रेसुङ्गा विमानस्थल देखि काठमाडौंकाे लागि हप्ताको दुई दिन उडान गर्न अनुमति दिएको थियो ।

क्यानले हप्ताको दुई दिन अनुमति दिए पनि नेपाल एयरलाइन्सले सुरुकाे चरणमा हप्ताको एउटा उडान गरे पछि यात्रुको चाप हेरेर पछि हप्ताको दुईवटा उडान गर्ने बताएको थियो तर नेपाल एयरलाइन्सका ३ वटा मात्र साना  र दुईवटा बिग्रेको अवस्थामा भएको र एउटा मात्र सञ्चालन भएका कारण देशभरका साना विमानस्थलमा फलाइट भर्नुपर्ने भएकाले हप्ताको दुईपटक फलाइट गर्न अलि गाराे भएको क्याप्टेन मनिष बिष्टले बताएका छन् ।

bird conversation Add

तर, रेसुङ्गा नगरपालिका मेयर पन्थीले नागरिकको चाप बढेको र हप्ताको दुईपटक उडान गर्नुपर्ने आवस्यक्ता रहेकाले नेपाल एयरलाइन्सलाई हप्तामा दुईपटक उडान गर्न आग्रह गरेका छन् । निजि कम्पनीले लिने भाडादर अलि महङ्गो हुने भएकाले नेपाली ध्वजाबाहक जहाज सञ्चालन गर्दा भाडादर सस्तो हुने र कुनै सम्झौता गर्न नपर्ने भएकाले सहज तरिकाले नेपाल एयरलाइन्सकाे जहाजबाट नियमित उडान हुने मेयर पन्थीले बताए ।

( Jeevan rajan

रेसुङ्गा नगरपालिकाका सुचनाप्रविधि अधिकृत सुरेश खनालले रेसुङ्गा देखि काठमाडौं जानकाे लागि टिकटका लागि मैले पनि केही सहजिकरण गरेको छु र अहिलेसम्म ५४ जनाले टिकट माग गर्नु भएको छ तर एकपटकमा १४ जना मात्र जान सक्ने भएकाले हप्तामा दुईपटक उडान हुनुपर्नेमा नागरिकको चापले देखाएको छ ।

  • सुमन महतारा, गुल्मी

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया