९ वर्षीय सार्थक : जो सहकर्मी, साथीदेखि अग्रजसम्मलाई ज्ञान बाँड्छन्



Live Gulmi


काठमाडौं । गुल्मीको सत्यवती गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौंको कलंकीमा बस्दै आएका ९ वर्षीय सार्थक ढकाल आजभोली साना भाइबैनीदेखि लिएर अग्रज ब्यक्तित्वसम्मका लागि आखाँको नानी बनेका छन् ।

हुनत उनले कुनै चमत्कार र आविश्वार गरेका छैनन् तर युट्युवमार्फत आफु जस्तै बालबालिका र आग्रजहरुलाई समेत लोभ्याउने गरि आफ्नो प्रस्तुती दिने गर्दछन् ।

Jeewan and Rajan Tailors

विद्यालयहरुमा हुने विभिन्न पाठ्य पुस्तकभित्रका ज्ञानदेखि लिएर अध्यननका लागि चाहिने आवश्यक सुत्र सहजै स्मरणमा आउनसक्ने गरी सरल रुपमा बुझाउने उनको क्षमता छ ।

The Star Family Restaurant

पछिल्लो समय युट्व तथा सामाजिक संजालमा अत्याधिक रुचाइएका ९ वर्षीय सार्थक अहिलेका धेरै बालबालिकामा मोबाइल र अन्य ग्याजेटको लत नै लागेको बेलामा उनले भने यहि प्रविधिलाई सहि सदुपयोग गर्दै आफ्नो क्षमता देखाइरहेका छन् ।

कलंकीको एलआरआई स्कुलमा कक्षा ४ मा पढ्ने सार्थक साना कक्षाका र आफ्नै कक्षाका पनि कमजोर साथीहरुलाई सजिलोसँग बुझाउनेगरी युट्युबमार्फत सिकाइरहेका छन् । जसको उत्प्रेरणाका रुपमा उनका बुवा तुल्सीमराम र आमा यमुना पन्त ढकाल हुन् । खास गरी आमा यमुनाले आजको प्रविधिमैत्री समयमा आफ्ना बालबच्लाई कसरी डोर्याउन सकिन्छ र सफल बनाउन सकिन्छ भनेरब्यस्त समयमा पनि समय निकालेकी हुन्छिन् ।

पढाइमा निकै अब्बल ढकालले स्कुलबाट फर्केपछि पहिलो आफ्नो होमवर्क सकाउँछन् र त्यसपछि भिडियो बनाउँछन् । उनको सिकाउने तरिका कुनै व्यावसायिक शिक्षकको भन्दा कम छैन । ह्वाइटबोर्डमा मार्करले लेखेर सरल र सहज रुपमा उनी पाठ्यक्रमबारे बुझाइरहेका हुन्छन् । उनले कुनै हतार नगरी व्यावसायिक शिक्षकले झैं विषयवस्तुको गहिराइमा पुगेर पढाउने गर्दछन् ।

एजुकेसनल च्यानलको रुपमा आफ्नो ‘स्मार्ट सार्थक’ च्यानललाई राखेका सार्थकका भिडियोमा नेपाली, अंग्रेजी, विज्ञान, सामाजिक, गणित लगायत विषयका अतिरिक्त केही रमाइला भिडियो पनि राखिएका छन् ।

आफूले सिकेको कुरा शिष्ट भाषामा आफ्नो च्यानलमार्फत साथीभाइका लागि पस्किंदा आनन्द आउने सार्थक बताउँछन् । आफ्नो भिडियो आफ्ना साथीहरुले नै निकै मन पराएको भन्दै उनी साथीहरुबाट पनि निकै हौसला मिलेको बताउँछन् ।

सार्थकका बुवा तुलसीराम ढकालले युट्युबमा लोकसेवा कक्षा तयारीसम्बन्धी भिडियोहरु बनाइरहेका हुन्छन् र त्यसैबाट उनले प्रेरणा प्राप्त गर्दै अगाडि बढेका छन् ।

हेर्नुस् भिडियो :

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया