इस्मा गाउँपालिका पूर्ण खाेप सुनिश्चितता घाेषणा



Live Gulmi


गुल्मी । गुल्मीको इस्मा गाउँपालिका पूर्ण खाेप सुनिश्चितता घाेषणा भएको छ । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्राेण बहादुर खत्रीले इस्मा गाउँपालिकालाई पूर्ण खाेप सुनिश्चितता भएको मंगलबार एक औपचारिक कार्यक्रमका बीच घाेषणा गर्नुभएको हो ।

जिल्ला खाेप समन्वय समितिकाे तर्फबाट संयाेजक जिल्ला समन्वय समिति प्रमुख द्राेण बहादुर खत्रीले इस्मा गाउँपालिका पूर्ण खाेप सुनिश्चितता घाेषणा गर्दै इस्मा गाउँपालिकालाई प्रमाणपत्र प्रदान गर्नुभएकाे थियो ।

Jeewan and Rajan Tailors

इस्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदमलाल अधिकारीले पूर्ण खाेप सुनिश्चितता हुनकाे लागि आवश्यक सुचकहरु पूरा गरेको जानकारी गराउनुभएकाे थियोे । उहाँका अनुसार शुन्य देखि १५ महिनासम्मका २ सय ८५ र १५ देखि २३ महिनासम्मका १ सय ७८ बालबालिकाले पूर्ण खाेप लगाउनुभएकाे छ । जसका कारण पूर्ण खाेप सुनिश्चितता गर्न सकिएको हो ।

The Star Family Restaurant

पालिका स्तरीय खाेप समन्वय समितिकाे तर्फबाट इस्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्काले वडा स्तरीय खाेप समन्वय समिति अन्तर्गत वडाध्यक्ष, स्वास्थ्यचाैकी इञ्चार्ज, खाेप कार्यकर्ता र स्वास्थ्य स्वयम्सेविकालाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरिक्षक बाेम अर्यालले प्रत्येक वडा हुँदै इस्मा गाउँपालिका पूर्ण खाेप सुनिश्चित भएको बताउनुभयो । उहाँले जिल्लाका १२ पालिकामा पूर्ण खाेप सुनिश्चित भएपछि प्रदेशमा सिफारिस गरेर गुल्मी जिल्ला पनि पूर्ण खाेप सुनिश्चित हुने बताउनुभएको छ ।

इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले पूर्ण खाेप सुनिश्चितताका लागि चाैतर्फी सहयोग गर्ने स्वास्थ्यसँग सम्बन्धित सबैलाई धन्यवाद दिनुभयो । उहाँले पूर्ण खाेप सुनिश्चित गर्नकाे लागि पाल्नुहुने जिल्ला समन्वय समिति प्रमुख द्राेण बहादुर खत्री लगायत सबैलाई स्वागत गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले पूर्ण खाेप सुनिश्चितता गर्नकाे लागि वर्षभरि खट्ने स्वास्थ्यका कर्मचारीलाई धन्यवाद दिनुभयो । उहाँले इस्मा गाउँपालिकाले स्वास्थ्यलाई मुख्य प्राथमिकता दिँदै शिक्षासहित अन्य क्षेत्रमा पनि प्राथमिकताका साथ कामहरू अगाडि बढाएको बताउनुभयो । इस्मा गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा निकै प्रभावकारी कार्यक्रमहरु पनि संचालन गरेको अध्यक्ष खड्काले बताउनुभएकाे थियो ।

इस्मा गाउँपालिकालाई पूर्ण खाेप सुनिश्चितता घाेषणा गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख द्राेण बहादुर खत्रीले स्थानीय तहले पूर्वाधार क्षेत्रमा मात्रै नभएर स्वास्थ्य र शिक्षाका सामान्य कुरालाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

इस्माले सबै क्षेत्रलाई समेटेर अगाडि बढाएको उहाँले बताउनुभएको छ । “नागरिक स्वस्थ्य भएमा मात्र उसले आनन्दपूर्वक काम गर्न सक्छ” जिल्ला समन्वय समिति गुल्मीका प्रमुख खत्रीले भन्नुभयो, “इस्मा गाउँपालिका पूर्ण खाेप सुनिश्चित हुनुले सबै बालबालिका स्वस्थ्य हुने विश्वास भएको छ ।” प्रमुख अतिथि खत्रीले आफूहरू गुल्मीका १२ पालिकालाई पूर्ण खाेप सुनिश्चितता गराएर गुल्मीलाई पूर्ण खाेप सुनिश्चितता घाेषणा गर्न लागिरहेको बताउनुभयो ।

  • तस्बिरहरू :-

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया