डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी



Live Gulmi


रेसुङ्गा ।  गुल्मीकी पार्वता पाण्डेले डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी गर्नुभएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले सडक छेउमै बसेर यो समयमा मात्र दुई लाख आम्दानी गर्नुभएको हो ।

मदन भण्डारी राजमार्गको तम्घास–छल्दी सडकखण्ड पश्चिम गुल्मीको मुख्य सडक हो । यही सडकखण्ड अन्तर्गतको राँयढुङ्गामा पुस पहिलो सातादेखि माघ दोस्रो सातासम्म डोकोमै सुन्तला बेचेर सोही रकम कमाउनुभएको उहाँको भनाइ छ । उहाँले विगत सात वर्षदेखि पुस र माघ महिनामा सुन्तला बेचेर प्रत्येक वर्ष रु दुई लाख आम्दानी गर्दै आउनुभएको छ ।

Jeewan and Rajan Tailors

न्यूनतम प्रतिकिलो ८० देखि अधिकतम दुई सय सम्ममा पाण्डेले सुन्तला बिक्री गर्नुहुन्छ । “सुन्तलाको बजारीकरणमा कुनै पनि समस्या छैन”, उहाँले भन्नभुयो, “सवारीमा आवतजावत गर्नेले रोकिएर सुन्तला किनेर जानुहुन्छ ।” पाण्डे सुन्तला बिक्रीको लागि घरदेखि १५ मिनेट पैदल हिँडेर राँयढुङ्गामा आउँनुहुन्छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सुन्तला बिक्री गर्नुहुन्छ ।

The Star Family Restaurant

स्थानीय जातको रसिलो सुन्तला भन्दै किन्ने पनि सन्तुष्ट भएर जाने गरेको पाण्डेले बताउनुभयो । उहाँले सडक छेउमा आएर सुन्तला बेच्न थालेको सात वर्ष भयो । सजिलै घरेलु उत्पादनको बजारीकरण गरेर आम्दानी गरिरहेको उहाँसँग अनुभव छ ।

पाण्डेले सामान्य प्रकारको जीविकोपार्जनका लागि विदेशकै बाटो रोज्नु गलत भएको बताउँनुहुन्छ । उहाँका श्रीमान् नारायण पनि सुन्तला खेती र भैँसी फार्ममा व्यस्त हुनुहुन्छ । उहाँहरुको फार्ममा १५ वटा भैँसी छन् । जसबाट दैनिक ३५ लिटर दूध जिल्लाको सदरमुकाम तम्घास बजारमा बेच्दै आउनुभएको छ । रासस

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया