गुल्मीको मदानेमा ७५० बिरुवा रोपिए



अनिल खत्री


गुल्मी । गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङस्थित निपानेमा ७५० वटा विभिन्न प्रजातिका बिरुवा रोपिएको छ।

‘रुख रोपौँ, वन जोगाऔँ’ भन्ने मूल नाराका साथ सरगम सञ्जाल युवा क्लब निपानेको आयोजनामा भएको कार्यक्रममा निपाने पार्कसहित गाउँका विभिन्न सार्वजनिक स्थलमा करिब आठ प्रजातिका बिरुवा रोपिएको क्लबकी उपाध्यक्ष कल्पना खत्रीले जानकारी दिनुभयो।

क्लबका अध्यक्ष अनिल खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत विकास संघ (युनेसीन) का अध्यक्ष प्रेमचन्दको प्रमुख आतिथ्यता तथा संस्थाका सदस्य शेरबहादुर खड्काको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा गाउँका बुद्धिजीवी, समाजसेवी, आमा समूह, क्लबका पदाधिकारी तथा स्थानीय अभिभावकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि प्रेमचन्दले एकीकृत विकास संघले गाउँठाउँमा विभिन्न सामाजिक तथा रचनात्मक कार्य गर्दै आएको बताउनुभयो। उहाँले विगतमा पनि विभिन्न स्थानमा यस्तै प्रकृतिका कार्यक्रम सञ्चालन गर्नुका साथै विद्यालयहरूमा निःशुल्क छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिनुभयो। आगामी दिनमा पनि सामाजिक विकासका कार्यलाई निरन्तरता दिने उहाँले प्रतिबद्धता जनाउनुभयो।

( Jeevan rajan

क्लबका पूर्वअध्यक्ष शेरबहादुर खत्रीले आफ्नै गाउँमा वातावरण संरक्षणसँगै सामाजिक विकासमा योगदान पुग्ने कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमको समापन गर्दै क्लबका अध्यक्ष अनिल खत्रीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने एकीकृत विकास संघ (युनेसीन), मदाने गाउँपालिका तथा मदाने–मालिका सबडिभिजन वन कार्यालयलाई धन्यवाद दिनुभयो। विभिन्न निकायको सहयोग र स्थानीयको सहभागिताले कार्यक्रम सफल भएको उहाँले बताउनुभयो।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया