गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकामा ६२ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा २३ वर्षीय एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सत्यवती गाउँपालिका-४ नादेवाका २३ वर्षीय आशिष ज्ञवाली रहेका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार ज्ञवालीले वैशाख १ गते साँझ ५ बजे नादेवास्थित बारीमा महिलालाई जबर्जस्ती करणी गरेका थिए।
घटनाको जानकारी पाएलगत्तै जोहाङबाट प्रहरी नायब निरीक्षक नरेन्द्र बहादुर विकको नेतृत्वमा खटिएको टोलीले पीडित र पीडक दुवैलाई नियन्त्रणमा लिएको थियो।
पीडित महिलाले दिएको जाहेरीका आधारमा अदालतबाट म्याद थप गरी आरोपित ज्ञवालीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









