रेसुङ्गा विमानस्थलमा अब साताको तीन दिन मात्र उडान



Live Gulmi


गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीन पटक मात्र हवाई उडान हुने भएको छ। नेपाल वायुसेवा निगमले यसअघि गर्दै आएको उडान तालिकामा परिवर्तन गर्दै उडान संख्या कटौती गरेको हो।

नयाँ उडान तालिका

यसअघि निगमले आइतबार, मंगलबार, बिहीबार र शनिबार गरी सातामा चार पटक उडान भर्दै आएको थियो। रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार अबदेखि आइतबार, मंगलबार र बिहीबार मात्र उडान हुनेछ।

उडान कटौतीको कारण

( Jeevan rajan

नेपाल वायुसेवा निगमसँग हाल तीन वटा मात्र ट्वीनअटर जहाज रहेको र ती जहाजहरू समय-समयमा मर्मत गर्नुपर्ने भएकाले जहाजको अभावका कारण केही समयका लागि तालिका फेरबदल गरिएको स्टेशन प्रमुख थापाले बताए।

भाडा र समय

समय: काठमाडौंबाट बिहान ६:३० बजे र रेसुङ्गाबाट बिहान ७:३० बजे।

भाडा: काठमाडौंबाट गुल्मीका लागि ७,५०० रुपैयाँ र गुल्मीबाट काठमाडौंका लागि ७,३०० रुपैयाँ

विशेषता: दिउँसोको समयमा हावाको चाप बढी हुने भएकाले प्राविधिक कारणले यहाँ बिहान मात्र उडान हुने गर्दछ।

प्रभाव र सहजता

गुल्मीमा २०८० वैशाख २९ गतेदेखि व्यावसायिक उडान सुरु भएको थियो। १८ घण्टाको सडक यात्रा गर्नुपर्ने बाध्यतालाई ४५ मिनेटको हवाई यात्राले विस्थापित गरेपछि यहाँ यात्रुको चाप बढ्दो छ। तर, यात्रुको माग बढिरहेका बेला उडान संख्या कटौती हुँदा र तालिका परिवर्तन भइरहँदा स्थानीय बासिन्दा तथा पर्यटकहरू मर्कामा परेका छन्।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया