गुल्मीमा समानुपातिक मतमा पनि उथलपुथल, दोब्बर मतले रास्वपा पहिलो



Live Gulmi


गुल्मी । गुल्मीका दुवै निर्वाचन क्षेत्रकाे समानुपातिक तर्फकाे अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलका अनुसार, दुई निर्वाचन क्षेत्रका छुट्टाछुट्टै मत परिणाम सार्वजनिक भएको छ ।

जसअनुसार एकमुष्ट कुल मतदाता २ लाख २९ हजार ७७७ रहेकोमा जम्मा १ लाख १९ हजार ६२५ मत खसेको थियो । जसमा १ लाख १६ हजार ५४७ मत सदर हुँदा ३ हजार ७८ बदर भएको थियो ।

अन्तिम मतपरिणाम अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) चिन्हमा ५१ हजार ८४८ मत, नेकपा एमाले (सूर्य) चिन्हमा २८ हजार ४४५ मत, नेपाली काँग्रेस (रुख) चिन्हमा २५ हजार २९१ मत, नेपाली कम्युनिस्ट पार्टी (तारा) चिन्हमा ५ हजार ७८५ मत, राष्ट्रिय जनमाेर्चा (गिलास)  चिन्हमा १ हजार २८७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (हलाे) चिन्हमा १ हजार ८५ मत र श्रम संस्कृति पार्टी (माटाे) चिन्हमा ९३४ मत आएको छ । अन्य केही मत साना दलहरूमा पनि आएको छ ।

( Jeevan rajan

यसरी हेर्दा गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेकपा एमाले दाेस्राे र नेपाली काँग्रेस तेस्रो बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले एकैपटक छलाङ मारेर अगाडि बढ्दा एमाले, काँग्रेस र नेकपा खुम्चिएका छन् । परम्परागत गढ र मत भनिने क्षेत्रमा जनताले मत परिवर्तन गर्दा अंकगणितमा उथलपुथल आएको छ ।

🔷 गुल्मी-१ मा सदर मतको ४८ प्रतिशत रास्वपालाई, खुम्चिए एमाले र काँग्रेस

🔷 गुल्मी-२ रास्वपालाई प्रत्यक्षभन्दा समानुपातिकमा चार हजार बढी मत

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया