गुल्मी-१ मा सदर मतको ४८ प्रतिशत रास्वपालाई, खुम्चिए एमाले र काँग्रेस



Live Gulmi


गुल्मी । गुल्मीको क्षेत्र नम्बर १ मा समानुपातिक तर्फकाे मतगणना सकिएको छ । अन्तिम मतपरिणाम अनुसार कुल सदर मतको ४८.२४ प्रतिशत मत राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको छ ।

कुल १ लाख २२ हजार १८६ मतदाता रहेको यस क्षेत्रमा जम्मा ६४ हजार ९२१ मत खसेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले बताए । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) चिन्हमा ३० हजार ६५७ मत, नेकपा एमाले (सूर्य) चिन्हमा १४ हजार १३० मत, नेपाली काँग्रेस (रुख) चिन्हमा १२ हजार ७३१ मत, नेपाली कम्युनिस्ट पार्टी (तारा) चिन्हमा ३ हजार ३३ मत, राष्ट्रिय जनमोर्चा (गिलास) चिन्हमा ८९६ मत, श्रम संस्कृति पार्टी (माटो) चिन्हमा ७४८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (हलाे) चिन्हमा ६०७ मत प्राप्त गरेको छ । अन्य साना दलले पनि सामान्य मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत पौडेलका अनुसार, सदर मत ६३ हजार ५४६ रहेकोमा बदर मत १ हजार ३७५ रहेको छ । यस क्षेत्रमा प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी भएका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया