गुल्मी-२ रास्वपालाई प्रत्यक्षभन्दा समानुपातिकमा चार हजार बढी मत



Live Gulmi


गुल्मी । गुल्मी-२ मा समानुपातिक तर्फकाे मतगणना सकिएको छ । जसअनुसार रास्वपालाई प्रत्यक्षभन्दा समानुपातिकमा ४ हजार २२४ मत बढी आएको छ ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थी १६ हजार ९६७ मत सहित विजयी भएका थिए । यस क्षेत्रमा समानुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) चिन्हमा  २१ हजार १९१ मत, नेकपा एमाले (सूर्य) चिन्हमा १४ हजार ७१५ मत, नेपाली काँग्रेस (रुख) चिन्हमा १२ हजार ५६० मत, नेपाली कम्युनिष्ट पार्टी (तारा) चिन्हमा २ हजार ७५२ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (हलाे) चिन्हमा ४७८ मत, राष्ट्रिय जनमोर्चा (गिलास) चिन्हमा ३९१ र श्रम संस्कृति पार्टी (माटो) चिन्हमा १८७ मत आएको मतदान अधिकृत हरिहर पौडेलले बताए । अन्य मत साना दलहरूमा रहेको छ ।

यस क्षेत्रमा अस्थायी मतदाता २२८ सहित कुल मतदाता १ लाख ७ हजार ५९१ रहेकोमा जम्मा ५४ हजार ७०४ मत खसेको थियो । जसमा सदर मत ५३ हजार १ मत  हुँदा १ हजार ७०३ मत बदर भएको निर्वाचन अधिकृत पौडेलले जानकारी  दिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया