गुल्मी-२ मा रास्वपाका गोविन्द पन्थी विजयी



Live Gulmi


गुल्मी । गुल्मीको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी निर्वाचित भएका छन् । पन्थी १६ हजार ९ सय ६७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोकर्ण बिष्टले १६ हजार ४ सय ६ मत ल्याएका छन् ।

यस क्षेत्रमा मतगणना सुरु भएको २४ घण्टामै नतिजा आएको मुख्य निर्वाचन अधिकृत हरिहर पौडेलले बताए । यस क्षेत्रमा कुल ५४ हजार १ सय ४६ मत खसेकोमा उक्त मतगणना हुँदा यस्तो परिणाम आएको हो । यस क्षेत्रमा नेपाली काँग्रेसका भुवनप्रसाद श्रेष्ठले १४ हजार ४ सय ३४ मत प्राप्त गरेका छन् । साथै नेपाली कम्युनिस्ट पार्टीका श्रीराम महतले ३ सय ७९ मत प्राप्त गरेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया