गुल्मीमा इभी दुर्घटना, एक जना घाइते



Live Gulmi


गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-५, घनार्जे लामीडाँडामा आज बिहान एक विद्युतीय सवारी (EV) दुर्घटना भएको छ। धनार्जेबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु.प्र.०१-००१ ज ०४३५ नम्बरको ईभी अचानक स्टेरिङ फेल भएर दुर्घटनामा परेको हो।

​मदन भण्डारी पक्की सडक खण्डमा भएको उक्त दुर्घटनामा गाडी सडकबाट करिब २०-२५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

​दुर्घटनामा गाडीका सह-चालक, इस्मा गाउँपालिका-२ बस्ने १८ वर्षीय ईश्वर कुवँर सामान्य घाइते भएका छन्। उनको मुखमा चोट लागेको र उपचारका लागि तत्काल जिल्ला अस्पताल तम्घास पठाइएको छ। घाइतेको उपचारमा गाडीका साहु स्वयं संलग्न रहेका छन्। चालक ३२ वर्षीय राजु कुवँर भने सकुशल रहेका छन्।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी धनार्जेबाट प्रहरी सहायक हवल्दार गुन बहादुर बोहोराको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनाका समयमा गाडीमा चालक र सह-चालक बाहेक अन्य यात्रु नरहेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।

( Jeevan rajan

​अहिले दुर्घटनाग्रस्त सवारी घटनास्थलमै रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया