गुल्मी । क्षेत्र नम्बर २ मा १० दल र १२ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार स्वतन्त्र उम्मेदवारहरूलाई विभिन्न चुनाव चिन्ह प्रदान गरेको हो ।
निर्वाचन अधिकृत हरिहर पौडेलका अनुसार क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारलाई यसरी चुनाव चिन्ह प्रदान गरिएको छः
कुमारी हरिकला श्रीस – मुढा
नरेन्द्रप्रसाद रिजाल – क्यामेरा
फर्सुराम कँडेल – भँगेरा
भागिरथा थापा – मानापाथी
भूमिराज सापकोटा – नरिवल
सुरेन्द्र पाण्डे – सेलरोटी
सरस्वती लम्साल – कप र प्लेट
खुबीराम आचार्य – हटकेस
लोकबहादुर पुन – तिलहरी
रामप्रसाद पोखरेल – हेल्मेट
महेश्वर घिमिरे – कैँची
मालता घिमिरे – पानीको जार
यस क्षेत्रमा उज्यालो नेपाल पार्टीबाट कर्णबहादुर थापा, नेकपा एमालेबाट गोकर्णराज बिष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौंका गोविन्द पन्थी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जनक सेन, नेशनल रिपब्लिक नेपालबाट पदम थापा मगर, मंगोल नेशनल अर्गनाइजेसनबाट दाङका बेदबहादुर थापा, नेपाली कांग्रेसबाट भुवनप्रसाद श्रेष्ठ, राष्ट्रिय जनमोर्चाबाट काठमाडौंका लालबहादुर थापा क्षेत्री, नेपाली कम्युनिस्ट पार्टीबाट श्रीराम महत र नेकपा (माओवादी) बाट सन्ते नेपाली उम्मेदवार छन् ।
अधिकांश स्वतन्त्र उम्मेदवारहरू दलकै ‘डमी’ उम्मेदवार छन् ।









