७६ जना शिक्षक बिद्यार्थीलाई न्यानो कपडा वितरण



टाेपलाल अर्याल


गुल्मी । गुल्मी भार्सेका आमाछोरीले दुई बिद्यालयमा ७६ जना शिक्षक तथा बिद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको छ । सत्ययवति गाउँपालिका ८ भार्से घर भई हाल हङकङमा रहनु भएका माया थापा र छोरी ममता थापाको आर्थिक सहयोगमा न्यानो कपडा वितरण गरिएको हो ।

सत्यवति गाउँपालिका ५ को गौरी शंकर आधारभूत बिद्यालयका पाँच जना शिक्षक स्टाफ र ३३ बिद्यार्थी गरेर ३८ जनालाई न्यानो कपडा वितरण गरिएको भार्सेका अगुवा नरु बुढाथोकीले जानकारी दिनुभयो । त्यस्तै सत्यवति गाउँपालिकां ६ को गणेश आधारभूत बिद्यालयका पनि पाँच शिक्षक स्टाफ र ३३ बिद्यार्थी गरेर ३८ जनालाई न्यानो कपडा वितरण गरिएको थियो ।

बुढाथोकीका अनुसार थापा आमाछोरीले बर्सेनी सत्यवतिका विभिन्न बिद्यालयहरुमा पोशाक तथा स्टेशनरी सहयोग गर्दै आउनु भएको छ । यी दुई विद्यालयमा गतबर्ष ट्र्याकसुट न्यानो कपडासहित स्टेशनरी बितरण गरिएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया