बौद्धिक अपाङ्गता भएका ३९ जनालाई रेसुङ्गा सत्सङ्ग केन्द्रद्वारा न्यानो कपडा सहयोग



Live Gulmi


गुल्मी । गुल्मी जिल्लामा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई जाडोबाट जोगाउन न्यानो कपडा वितरण गरिएको छ । राधामाधव समिति अन्तर्गत सञ्चालित रेसुङ्गा सत्सङ्ग केन्द्रले बौद्धिक अपाङ्गता भएका विद्यार्थी तथा व्यक्तिहरूलाई लक्षित गर्दै उक्त सहयोग प्रदान गरेको हो ।

उपल्लो तम्घास माध्यमिक विद्यालयका २६ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थी तथा तम्घास क्षेत्रमा बसोबास गर्ने अन्य १३ जना गरी जम्मा ३९ जनालाई तलमाथि लगाउने बाक्लो तथा गुणस्तरीय न्यानो कपडा वितरण गरिएको राधामाधव समिति गुल्मीका सचिव ताराप्रसाद भुसालले जानकारी दिए ।

श्री जगदगुरु कृपालुजी महाराजले ‘जगद्गुरुत्तम’ उपाधि प्राप्त गरेको दिनको स्मृतिमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि न्यानो कपडा सहयोग कार्यक्रम आयोजना गरिएको उनले बताए । यसका लागि सम्बन्धित व्यक्तिहरूसँग पहिल्यै भेट गरी उनीहरूको साइजअनुसार कपडा तयार पारिएको थियो, जसका कारण सबैले आफूलाई मिल्ने कपडा प्राप्त गरेका छन् ।

कार्यक्रमका अवसरमा भजन–कीर्तनसमेत गरिएको थियो, जसले सहभागीहरूलाई भावनात्मक तथा मानसिक रूपमा समेत सन्तुष्टि प्रदान गरेको आयोजक पक्षले जनाएको छ ।
रेसुङ्गा सत्सङ्ग केन्द्रले सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ ।

( Jeevan rajan

साथै संस्थाले रेसुङ्गा गौँशालामा रहेका गाईहरूलाई आहारविहारको व्यवस्था गर्नुका साथै विद्यार्थी, विपन्न तथा असहाय वर्गलाई शैक्षिक सामग्री, न्यानो कपडा तथा खाद्यान्न सहयोग गर्दै आइरहेको छ । यस सहयोगप्रति अपाङ्गता भएका व्यक्तिका अभिभावकहरूले संस्थाप्रति धन्यवाद व्यक्त गरेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया