स्वर्गीय बुबाको स्मृतिमा पाण्डे परिवारद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण



Live Gulmi


गुल्मी । स्वर्गीय बुबाको स्मृतिमा पाण्डे परिवारद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । तम्घासमा व्यवसाय गर्दै आएका ध्रुब पाण्डे, शिव पाण्डे र देवराज पाण्डे तीन दाजुभाइले आमा मनकुमारी पाण्डेको नेतृत्वमा  विद्यालयमै पुगेर न्यानो कपडा वितरण गरेका हुन् ।

स्व. डण्डपाणी पाण्डेको ११ औँ वार्षिक पुण्यतिथिमा पाल्पाको रिब्दिकाेट गाउँपालिका–१, कराम्दीस्थित भगवती आधारभूत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरूलाई तातो ट्र्याक सूट वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि त्यस वडाका वडाध्यक्ष चिरञ्जीवी पोखरेलले स्व. पाण्डेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शिक्षामा गरिएको यस्ता सहयोगले ग्रामीण क्षेत्रका विद्यार्थीलाई ठूलो प्रेरणा मिल्ने बताए । उनले समाजमा सकारात्मक सोच र सेवाभावको विकासका लागि यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राखे ।

विद्यालयका प्रधानाध्यापक पदमप्रसाद पराजुलीले ट्र्याक सूट वितरणले विद्यार्थीको आत्मविश्वास र नियमित उपस्थितिमा सहयोग पुग्ने बताउँदै पाण्डे परिवारप्रति धन्यवाद व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी दंगालले विद्यालयको आवश्यकता बुझेर गरिएको सहयोग प्रशंसनीय रहेको उल्लेख गरे । त्यस्तै शिक्षक अभिभावक संघकी अध्यक्ष शर्मिला नेपालीले अभिभावकको तर्फबाट आभार प्रकट गर्दै यस्ता कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्ध मजबुत हुने बताइन् ।

( Jeevan rajan

कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमलाल पाण्डेले स्व. डण्डपाणी पाण्डेको स्मृतिमा गरिएको सामाजिक कार्य प्रेरणादायी रहेको बताए । उनले शिक्षा क्षेत्रमा लगानी नै दीर्घकालीन सामाजिक सेवा भएको उल्लेख गरे । कार्यक्रममा समाजसेवी  दिपक रेग्मी भोलानाथ पाण्डे नविन पाण्डे, हिमलाल पाण्डे, काशीराम पाण्डे, कृष्णप्रसाद पाण्डे, नेत्रलाल पाण्डे, हजुरआमा पार्वता पाण्डे, मिनप्रसाद पाण्डे, भाई माधव गैरे तथा नियमित रक्तदाता सूर्य धर्तीको समेत सहभागिता रहेको थियो ।

कार्यक्रमका संयोजक तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष धुर्ब पाण्डेले बुवाको स्मृतिमा शिक्षामा सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको बताउँदै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।  कार्यक्रम श्रीमती मनकुमारी पाण्डेको नेतृत्वमा भेषराज पाण्डे (धुर्ब), हरि प्रसाद पाण्डे (शिव), देवराज पाण्डे तथा सम्पूर्ण पाण्डे परिवारको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

पाल्पा स्थायी घर भएका पाण्डे परिवार लामो समयदेखि गुल्मी सदरमुकाम तम्घासमा व्यवसाय गर्दै आएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया