पत्रकारसँगकाे मैत्रीपूर्ण क्रिकेट खेलमा कलाकार विजयी



Live Gulmi


गुल्मी । पत्रकारसँगकाे मैत्रीपूर्ण क्रिकेट खेलमा कलाकार टाेली विजयी भएकाे छ । राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान गुल्मीको आयोजनामा प्रतिष्ठान र पाहुना टाेली नेपाल पत्रकार महासंघ गुल्मीबीच मैत्रीपूर्ण क्रिकेट खेल संचालन भएको थियो ।

कलाकार टाेलीले पत्रकार टाेलीसँग ६९ रनको विजयी हासिल गरेको छ । कलाकार टाेलीले दिएको १९६ रनको बिशाल लक्ष्य पछ्याएकाे पत्रकार टाेली ३ विकेट गुमाउँदै मात्रै १२६ रन बनाउन सक्यो । पत्रकार टाेलीबाट सुमन महताराले ३२, सन्तोष महताराले २३ र टाेपलाल अर्यालले २० रन बनाए । कलाकार टाेलीका बाबुराम पाण्डेले २ र बसन्त खत्रीले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ राेजेकाे कलाकार टाेलीले निर्धारित १६ ओभरमा मात्रै ३ विकेट गुमाएर १९५ रन बनायो । हिमाल कुँवरले ५५, बाबुराम पाण्डेले ५३ र माेहन बस्नेतले १७ रन बनाए ।  पत्रकार टाेलीका सुमन महताराले दुई विकेट लिए । अन्तिम बलमा ३ रन लिने क्रममा लाेकन्द्र कुँवर बलर डिबी खड्काबाट रनआउट भए ।

केही समय अघिमात्र सम्पन्न इस्मा गाउँपालिका-१ वी.पी. पार्क स्थित अन्तर्राष्ट्रिय मापदण्डअनुसारकाे क्रिकेट मैदानमा सम्पन्न खेलमा इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले खेल उद्घाटन गरेका थिए । उनलेे मैत्रीपूर्ण खेलले मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्ने र पत्रकार तथा कलाकार टाेली यसरी आफूहरूले तयार गरेको मैदानमा आएर खेल्नुले आफूहरूलाई थप हाैसला प्रदान गर्ने बताएका थिए ।

( Jeevan rajan

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान जिल्ला शाखा गुल्मीले सधैं कला र कलम सँगसँगै रहेकाेले थप मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरेको बताएको थियो ।

दुवै टाेली संस्थाका पूर्वअध्यक्ष तथा पदाधिकारीलाई काेचकाे जिम्मेवारी दिँदै कार्यसमिति र सम्बद्ध संस्थाका क्रियाशीलहरू खेलाडीका रुपमा सहभागी भएका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया