विद्युत् पोलमा मर्मत गर्ने क्रममा करेन्ट लागेर ४० वर्षीय पुरुषको मृत्यु



Live Gulmi


 गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्ला द्वानेटास्थित विद्युत् पोलमा चढेर मर्मत गरिरहेका एक पुरुषको करेन्ट लागेर मृत्यु भएको छ।

मृतक स्थानीय ४० वर्षीय झबिन्द्र घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगा बहादुर सारुले जानकारी दिए।

प्रहरीका अनुसार घिमिरे हाइटेन्सन लाइन अन्तर्गतको फलामको पोलमा चढेर मर्मतको काम गरिरहेका बेला करेन्ट लागेको थियो। गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि गुल्मी अस्पताल लगिएको थियो। तर, अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि मर्भुङस्थित प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक दीपक शाहको नेतृत्वमा टोली खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया