गुल्मी । रेसुङ्गा नगरपालिका वडा नम्बर ५ सिमाघाट लप्सीस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । गत राति सिमाघाटबाट तम्घासतर्फ आउँदै गरेको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिए ।
मृतक २७ वर्षीय निशान चौधरी दाङ जिल्लाको गढवा गाउँपालिका–३ गोबडियाका स्थायी बासिन्दा हुन् । उनी हाल गुल्मीमा रही ईन्द्र एम.के. जे.बी. निर्माण सेवामा सब इन्जिनियरका रूपमा कार्यरत थिए । घटनाको जानकारी साेमबार बिहान ७:२० बजे प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक भुपेन्द्र थापाको कमाण्डमा ९ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । मृतकको परिवारलाई जानकारी गराइएको छ ।