गुल्मी । गुल्मीकाे मालिका गाउँपालिका वडा नं ६ अर्जैका सन्देश पराजुलीले आफ्नो जन्मदिनमा खेलकुद सामग्री सहयोग गरेका छन् । पराजुलीले स्थानीय नवयुग युवा क्लबका खेलाडीका लागि खेलकुद सामग्री (फुटबल) सहयोग गरेका हुन् ।
उनले बुधबार एक कार्यक्रममा बिचमा खेलाडीहरुलाई फुटबल हस्तान्तरण गरेका छन् । दुर्गम गाउँमा फुटबल खेल्ने इच्छा हुँदा पनि खेल्न नपाएका र फुटबल मै भविष्य देख्नेहरुलाई उनले निरन्तर सहयाेग गर्दै आएका छन् ।
आफुले खेल्ने चाहान हुँदाहुँदै पूरा हुन नसकेकाे चाहाना आफ्नै ठाउँका खेलाडीहरुले पूरा गर्ने चाहाना भएको उनलेे बताए । पराजुली गत ५ बर्षदेखि हाेटल पाैवामा कार्यरत छन् ।