पराजुली परिवारद्वारा बाैद्धिक अपाङ्गता भएका विद्यार्थीसँग हाेली बिशेष कार्यक्रम



Live Gulmi


गुल्मी । गुल्मीको पराजुली परिवारले फागु तथा हाेली बिशेष कार्यक्रम फरक क्षमता भएका विद्यार्थीसँग मनाएका छन् । जिल्लाकाे सदरमुकाम तम्घासस्थित राेशनी भाँडा पसल र स्मार्ट डिजाइन एण्ड प्रिन्ट संचालन गर्दै आएका पराजुली परिवार मिलेर उपल्लो तम्घास माध्यमिक विद्यालयका बाैद्धिक अपाङ्गता भएका विद्यार्थीसँग हाेली मनाएका हुन् ।

स्मार्ट डिजाइन एण्ड प्रिन्ट तम्घासका संचालक घनश्याम पराजुली (जि.एस. पराजुली) का अनुसार, आफूले मात्रै रमाइलो गर्ने नभई बाैद्धिक अपाङ्गता भएका विद्यार्थीलाई पनि एक्लो महशुस हुन नदिन आफू दाजुभाइकाे पराजुली परिवारले सामुहिक खाना खुवाउने र हाेली मनाउने कार्यक्रम गरिएको छ । यसरी हाेली मनाउँदा सामाजिक उत्तरदायित्व अन्तर्गतकाे जिम्मेवारी बहन हुने, हाेलीमा सामुहिक रमाइलो हुने र उपल्लो तम्घास माध्यमिक विद्यालयमा रहेका विद्यार्थीलाई पनि हाेली एक्लो महशुस हुन नदिन साथै उनीहरूसँगै मिलेर रमाइलो गर्ने गरी यसरी कार्यक्रम गरिएकाे स्मार्ट डिजाइन एण्ड प्रिन्ट तम्घासका संचालक घनश्याम पराजुली (जि.एस. पराजुली) ले बताए ।

फागुन पुर्णिामाकाे अवसरमा मनाइने फागु तथा हाेली पर्व पहाडमा बिहीबार मनाइएको छ । शुक्रबार तराईमा मनाइँदैछ । हाेली पर्व एकता तथा मेलमिलापकाे प्रतिकका रुपमा मानिने रङहरूकाे पर्व हो ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया