गुल्मी सेवा समाज युएईको छैटाैँ अधिवेशन, अध्यक्षमा जीवन सिंह ठकुरी



Live Gulmi


केशब गौतम, गुल्मी । गुल्मी सेवा समाज युएईको छैठौं अधिबेसन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । “गुल्मी हो नाम गुल्मेलीको सान रिडी र रेसुङ्गा हाम्रो पहिचान ” मुल नाराका साथ २३ फेव्रुहरी आइतबारका दिन क्लब याक एण्ड यति, अस्टोरिया होटलमा एक कार्यक्रमका बिच सम्पन्न अधिबेशनमा चर्चित कलाकारहरुको साँस्कृतिक प्रस्तुती पनि रहेको थियो ।

कार्यक्रममा युएईमा रहनु भएका कलाकारहरु लोक तथा दोहोरी गायकहरु बाबुराम परियार, बिनोद बिष्ट, रन्जिता कुँवर, विनय खत्री, कुसुम परियार, दिपक परियार र जीवन कुँवर लगाएत अन्य कलाकारहरुले प्रस्तुती रहेको थियो।

निर्वाचन समितिको संयोजकमा रुद्र थापा, सदस्यहरुमा कृष्ण गौतम, मिन भण्डारी, लक्ष्मण अर्याल, मान बहादुर कुंवरको सक्रियतामा अधिवेशनले जीवन सिंह ठकुरीको अध्यक्षतामा नयाँ कार्य समिती पनि गठन गरेको छ ।

बरिस्ठ उपाध्यक्ष सरस्वति पौड्याल रहेको समितीको उपाध्यक्षहरुमा बिष्णु प्रसाद भट्टराई, जीवन कुँवर, जिवलाल पाण्डे, सेर बहादुर थापा र लक्ष्मी कंडेल भण्डारी रहेका छन् । सुरज बि.सी महासचिब रहेको समितीको सचिवहरुमा मिना न्यौपाने र सेवा पाण्डे रहेका छन् । त्यस्तै कोषाध्यक्षमा नेत्रलाल भुसाल रहनुभएको छ भने सह-कोषाध्यक्षमा रोम तंनामी मगर र प्रवक्ताका रुपमा बिनोद बिष्ट रहेका छन् ।

( Jeevan rajan

सदस्यहरुमा धुर्ब कुवर, बिनय खत्री, ईश्वर पाण्डे, बिश्वराज पराजुली, बाबुराम बि.क, भिम प्रसाद खनाल,राम बहादुर बि.क, मिना खनाल, प्रिया कंडेल, सान्ता पाण्डे, कुशुम परियार,रन्जिता कुँवर, आशा पाण्डे, सुमन गौतम, मिना न्यूपाने, रमा टण्डन,कृष्ण परियार, सन्तोस प्रसाद भट्टराई रहेका छन्।

यस्तै, कामना खरेल, बिश्वराज पराजुली, बाबुराम परियार, राम भण्डारी, टोपलाल भुषाल, तेज बहादुर ढेँगा, होम रजाली, माया रजाली, कमला थापा, टिकाराम कस्तरी, कमला कुवँर, भुवन प्रसाद मरासिनी, राम प्रसाद भुसाल, सरस्वती पाण्डे, खिम बहादुर क्षेत्री, कमला पाण्डे, मन्जु खनाल र दिपक परियार रहेका छन् ।

“अहिलेको निर्बाचित समुह सबैले रोजेको र खोजेको जस्तो छ ।”, नवनिर्वाचित अध्यक्ष जीवन सिंह ठकुरीले आफ्ना कुरा राख्दै भने, “अहिलेका युवा पुस्ताले यसलाई राम्रोसंग चलाउने र समाजलाई अब जमाउनेमा यो समिति निरन्तर लाग्नेमा आफु विश्वस्त रहेको र सबैको साथको आसा र खाचो रहेको बताउनु भयो।”

यस्तै,छैठौं महादिवेशन बाट नवनिर्वाचित समितिको पहिलो बैठक पनि सम्पन्न भएको छ। उक्त बैठकमा मुख्यतया आजिवान सदस्य तथा कृयाशिल केन्दिय सदस्यका परिवारमा स्वास्थ लगाएत विविध समस्या परेमा केहि रकम भए पनि सहयोग गर्ने र गुल्मी जिल्ला भित्र रहेको आघारभुत तहको विद्यालयका अति बिपन्नबर्ग तथा अनाथ असाहाय विद्यार्थीहरुलाइ लक्षित गरि एक लाख बराबरको अक्षयकोस निर्माण गर्ने प्रस्ताबमा छलफल भएको छ।

कार्यक्रममा युएईका लागी महामहिम राजदुत तेज बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता साथै नेपाल एसोसिएसन–एनआरएन एनसीसी यूएईका अध्यक्ष बिकास शाही,नेपाली समाजका अध्यक्ष राम मोक्तान,युएईमा सक्रिय विभिन्न सामाजिक संग सस्थाका प्रमुखहरु, पत्रकारहरु, विभिन्न पेशामा आबद्ध नेपाली दाजुभाइ दिदिबहिनीहरु,भजन कृतक परिवार लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन सुरज बिसीले गर्नुभएको हो।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया