नेपाल निजामती कर्मचारी युनियन धुर्कोटको अध्यक्षमा अशोक खनाल चयन



Basudev Poharel


धुर्काेट, गुल्मी । नेपाल निजामती कर्मचारी युनियन धुरकोटको अध्यक्षमा अशोक खनाल चयन भएका छन्। धुर्कोट गाउँपालिकाको सवाहल, बर्बोटमा सम्पन्न अधिवेशनबाट अशोक खनालको अध्यक्षतामा ११ सदस्यीय नया कार्य समिति गठन गरिएको हो ।

धुर्काेट गाउँपालिकाको दोश्रो गाउँ पालिका अधिबेशनमा कर्मकारी युनियन धुर्कोटका निबर्तमान अध्यक्ष खड्क बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रम कार्यक्रमका प्रमुख अतिथि C.B.A. गुल्मिका अध्यक्ष खिम बहादुर अधिकारी, विशेष अतिथि ने. नि. क. यु. गुल्मीका अध्यक्ष मेघलाल पाण्डे, विशेष अतिथि कर्मचारी बचत सहकारी सस्थाका सचीव भुवन पाण्डे, बिशेश अतिथि नेपालि काग्रेस क्षेत्रीय सदस्य राम प्रसाद घिमिरे रहनु भएको कार्यक्रम लालमणि भण्डारीको स्वागत मन्तव्य तथा अशोक खनालको सञ्चालनमा सम्पन भएको छ ।

नब निर्वाचित कार्यसमितिमा गाउँपालिका अध्यक्षमा अशोक खनाल, उपाध्यक्ष दिपेन्द्र कुवर, उपाध्यक्ष चन्द्रा पहराइ , सचीव नारायण पोख्रेल , कोषाध्यक्ष कृष्ण पहराइ, सह सचीव लुम बहादुर श्रीस गरी ११ सदस्यिय गाउँ कार्य समिती चयन भएको छ । नयाँ निर्वाचित समितिले निजामती कर्मचारीहरूको हक, हित तथा अधिकारको संरक्षण गर्दै कार्यक्षमता अभिवृद्धिमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएको छ। अधिवेशनमा जिल्लावाट पाल्नु भएका अध्यक्ष यवम प्रतिनिधि, धुर्कोट गाउँ पालिकाका कर्मचारी तथा विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया