गुल्मीका दुई बालबालिकाको अर्घाखाँची सवारी दुर्घटनामा मृत्यु



Basudev Poharel


गुल्मी । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ टारीमा आज भएको फोर्स गाडी दुर्घटनामा दुई बालबालिकाको ज्यान गएको छ।

मृत्यु हुनेमा गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोट दह निवासी १० वर्षीया अरुणा थापा र मदाने गाउँपालिका–७ नेटाखर्क निवासी १३ वर्षीय नारायण पौडेल रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

बुटवलबाट पुर्कोट दह जाँदै गरेको लु १ ज ४७२४ नम्बरको फोर्स गाडी दुर्घटनामा परेका मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेलाई स्थानीयवासी र प्रहरीले उद्धार गरी अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको छ। गाडीमा सवार यात्रुको विस्तृत विवरण आउन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया