धुर्काेट हाडहाडे वडाको नयाँ वडा कार्यालय भवन उद्घाटन



Basudev Poharel


गुल्मी । धुर्कोट गाउँपालिका वडा नं. ३ हाडहाडे वडामा नयाँ वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रममा प्रमुख अतिथि धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेल र विशेष अतिथि उपाध्यक्ष सीता गिरीको उपस्थिति रहेको थियो । अध्यक्ष पोखरेलले उद्घाटनको महत्त्वमा चर्चा गर्दै भने, “आजको उद्घाटनले हाडहाडे वडामा समृद्धि र विकासको नयाँ युगको आरम्भ गर्नेछ। यो कार्यालयले यहाँका जनताको आवश्यकताअनुसार विकासका कार्यहरूलाई प्राथमिकता दिने काममा सघाउनेछ।”

उपाध्यक्ष सीता गिरीले वडामा समृद्धि र जीवनस्तरमा सुधार ल्याउने लक्ष्य राखिएको बताउँदै उद्घाटनको महत्त्वपूर्ण पक्षलाई जोड दिईन्। उनले भनिन्, “यस उद्घाटनसँगै वडामा आधारभूत संरचनामा सुधार ल्याउने नयाँ अवसर सुरु भएको छ।” वडा अध्यक्ष पदमबहादुर बिष्टले स्थानीयवासीको सचेत र समर्पित सहभागितालाई महत्वपूर्ण भन्दै, “हामी सबैको साझा प्रयासले मात्र यहाँका जनताको जीवनस्तरमा सुधार ल्याउन सकिन्छ” भने।

Jeewan and Rajan Tailors

उद्घाटन समारोहको एक महत्वपूर्ण अंशमा, हाडहाडे वडामा ७ कोठे नयाँ भवनको उद्घाटन गरिएको छ। उक्त भवनको निर्माण लागत १ करोड ६९ लाख रुपैयाँ रहेको छ, जसमा २५ प्रतिशत स्थानीय वडाको र ७५ प्रतिशत गाउँपालिकाको लगानी रहेको छ। कार्यक्रम सञ्चालन वडा सचिव नारायण पन्थीले गरेका थिए।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया