धुर्कोट गाउँपालिकामा एच.पी.भी. खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न



Basudev Poharel


गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । धुर्कोट गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रम गाउँपालिकाको सभाहल  बर्बोटमा सम्पन्न भएको छ ।

खोप कार्यक्रम यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने छ । यस कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका तथा विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्ष उमेरका किशोरीहरूलाई खोप निःशुल्क रूपमा प्रदान गरिनेछ  । धुर्कोट गाउँपालिकामा ११ वटा माध्यमिक विद्यालयमा खोप कार्यक्रम सञ्चालन गरिने योजना रहेको छ ।

Jeewan and Rajan Tailors

कार्यक्रमको सहजीकरण तथा सञ्चालन धुर्कोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम खनालले गर्नुभएको थियो । कार्यक्रममा खोप कार्यक्रमको महत्त्व, यसको कार्यान्वयन प्रक्रिया र लक्षित समूहका किशोरीहरूलाई खोप उपलब्ध गराउने योजना सम्बन्धमा विस्तृत जानकारी प्रदान गरिएको थियो ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले यो खोप कार्यक्रमले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित राख्न ठूलो सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नु भयो , “यो कार्यक्रम हाम्रो गाउँपालिकाको स्वास्थ्य क्षेत्र सुधारको दिशामा महत्वपूर्ण कदम हो । स्थानीय स्तरमा यस्ता कार्यक्रम सञ्चालन गर्न पाउँदा हामी गर्व गर्दछौं ।” उहाँले खोप कार्यक्रमलाई सफल बनाउन सबै पक्षलाई सहकार्य र सहयोग गर्न आग्रह गर्नुभयो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया