गुल्मी । आफू जन्मेकाे जन्मदिन सबैकाे विशेष नै हुन्छ । याे अवसर भनेकाे जन्मदिनको वर्षदिन पूरा भएर नयाँ बसन्तकाे थालनीकाे प्रतीक पनि हाे । जन्मदिन जस्तो विशेष महत्त्वपूर्ण दिनमा मानिसहरू आ-आफ्नो तरिकाले जन्मदिन मनाउने गर्छन् ।
जन्मदिन मनाउने आ-आफ्नो छुट्टै मन हुन्छ । त्यहीँ विशेष दिनलाई अझ विशेष बनाउन केहीले सामाजिक कार्यमा लगानी गर्दै समाजमा उदाहरण प्रस्तुत गर्ने गरेका छन् । त्यस्तै उदाहरणीय कार्य गर्दै आफ्नाे जन्मदिन मनाएका छन्, गुल्मीको मालिका गाउँपालिका वडा नं ६ अर्जै घर भएका चन्द्र पराजुली ।
पराजुलीले आफ्नो जन्मदिनको अवसर पारेर गुल्मीको मालिका गाउँपालिका ६ मा रहेकाे नवयुग क्लबलाई फुटबल र रैनादेवी युवा क्लबलाई नेट र भलिबल साैजन्य गरेका छन् । आफ्नो जन्मदिनमा सानाे भएपनि सहयोग गर्न पाउँदा आफू हर्षित भनेकाे पराजुलीले बताएका छन् । खेल क्षेत्रकाे विकास र विस्तार गर्दै खेलकाे माध्यम बाट नै देशलाई चिनाउन सकिने भन्दै उनले उक्त सहयोग गरेकाे बताएका छन् । उनले भड्किलो र खर्चिलो गरेर जन्मदिन मनाउनु भन्दा यस्तै सामाजिक कार्यमा खर्च गरेर जन्मदिन मनाउन समेत सुझाव दिएका छन् ।
उनलेे गत वर्ष पनि बुटवलकाे जितगढीमा अवस्थित वृद्धाश्रमा भाेजन र आर्थिक सहयोग समेत प्रदान गरेका थिए । उनले आगामी दिनहरु मा हरेक पीडित नागरिक को हक अधिकार को लागि आफ्नो सहयोग को प्रतिबद्धता जनाएका छ्न् ।
पराजुलीले यस बाहेक पनि समाजमा अन्य सामाजिक कार्य गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।